Banner News

मन्त्रिपरिषद् बैठकका निर्णयहरु (सूचीसहित)



काठमाडौँ, १७ चैत । सरकारले नेपाल प्रहरीका तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू रवीन्द्र धानुक, वसन्तकुमार पन्त र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गरेको हो ।

बैठकले यौन हिंसाविरुद्धको अध्यादेश जारी गर्ने, तेजाब आक्रमणविरुद्धको अध्यादेश जारी गर्ने निर्णय पनि गरेको छ । यस्तै, गोरखापत्र दैनिकको महाप्रबन्धकमा लाल ऐरीलाई नियुक्त गर्ने निर्णय गरिएको एक मन्त्रीले बाह्रखरीलाई जानकारी दिए ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीसँगै चार मन्त्री पनि भारत भ्रमणमा जाने निर्णय गरेको छ । प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा भारत भ्रमणमा जाने निर्णय भएको बताइएको छ ।