काठमाडौँ, १७ चैत । सत्तारुढ दलहरुले स्थानीय तह चुनावमा एकतावद्ध भएर जाने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले चुनावमा मिलेर जाने सहमति गरेको हो ।
बैठकले महानगरपालिकाको उम्मेद्वारीबारे निर्णय केन्द्रबाटै गर्ने र अन्यका लागि निर्णय गर्न अधिकार तल्ला तहमा दिने निर्णय पनि बैठकले गरेको बताइएको छ ।
बैठकले महानगरपालिकामा केन्द्रबाट र उपमहानगर, नगरपालिका तथा गाउँपालिकामा पार्टीहरूका सम्बन्धित तहबाटै तालमेलको गर्ने निर्णय गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर फर्किएपछि पुनः गठबन्धनको बैठक बस्ने बताइएको छ ।











प्रतिक्रिया दिनुहोस्