काठमाडौँ, १८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी स्थानीय तह निर्वाचनमा अधिकांश स्थानमा उम्मेदवारी दिने बताएका छन् ।
आज जनकपुरधामस्थित विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले आगामी स्थानीय तह निर्वाचनमा पहिलाभन्दा बढी ठाउँमा जित्ने दावी गरेका छन् ।
उनले भने, ‘जे सक्छौ, त्यो गर्छौ, अधिकांश स्थानमा उम्मेदवारी दिइन्छ । पहिलाभन्दा बढी ठाउँमा जित्छौँ ।’ अध्यक्ष लिङदेनले पार्टीले यसअघि जितेका चार वटा स्थानीय तहलाई नमूना पालिकाको रुपमा विकास गरेकाले अब हुन लागेको स्थानीय तहको निर्वाचनमा बढी भन्दा बढी सिट जित्ने दावी गरे ।










प्रतिक्रिया दिनुहोस्