काठमाडौँ, १९ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला रासायनिक मल, कृषि व्यापार प्रवर्द्धन, प्राविधिक सहायतालगायत विभिन्न सात विषयमा छलफल हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव, कृषि सचिव डा. गोविन्द शर्मा पनि रहेका छन् । भारत सरकारसँग कृषिमा छलफलका लागि विभिन्न सातवटा एजेन्डा लिएर उनीहरू गएका हुन् । कृषिमन्त्री यादवका प्रेस सल्लाहकार सत्यप्रकाश यादवका अनुसार नेपालमा रासायनिक मल कारखाना खोल्न चाहिने सहयोगका बारेमा छलफल हुनेछ।
नेपाल-भारतबीच छलफलको सूची
जीटुजी विधिबाट रासायनिक मल खरिद, रासायनिक मल कारखाना स्थापना, कृषिजन्य वस्तुको व्यापार प्रवर्द्धन, कृषिमा प्राविधिक सहायता, नश्ल सुधार गर्न मुर्रा राँगा आयात, एकीकृत जाँचचौकी स्थापना र खोरेत खोप उत्पादनबारे छलफल हुने छ । यो समाचार आजको गोरखापत्रमा छ ।










प्रतिक्रिया दिनुहोस्