Banner News

एमाले कुनै गठबन्धनको पक्षमा छैन : ईश्वर पोखरेल



चितवन, २१ चैत । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमाले कुनै गठबन्धनको पक्षमा नरहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले एमाले सरकार ढाल्नेसँग चुनावमा गठबन्धन नगर्ने बताएका हुन् ।

उनले भने, ‘एमाले नेतृत्वमा भएको कम्युनिष्ट सरकार ढालेर कांग्रेस मूल प्रतिद्वन्द्वी हो उसलाई प्रधानमन्त्री बन भनेर उसको नेतृत्वमा सरकार बनाउने काम गर्ने, त्यो गठबन्धन कायम गर्ने अनि जसले यो काम गर्यो फेरि उनीहरुसँगै गठबन्धन हुन्छ भन्ने कुरै हुँदैन ।, ‘नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन एकदम प्रष्ट हुनुस् ।’