Banner News

मतदाताले कलम चिह्नमा अपार मत हाल्ने माधव नेपालको विश्वास



विराटनगर, २१ चैत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताए । उनले तत्कालीन सरकारले प्रतिगमन निम्त्याएको र अह्मकारी बनेकाले नै गठबन्धनको आवश्यकता परेको आरोप लगाए ।

‘विनविन’को सिद्धान्तले गठबन्धन हुन्छ भन्दै पूर्वप्रधानमन्त्री नेपालले नेकपा (एकीकृत समाजवादी) नै असली कम्युनिष्ट पार्टी भएकाले मतदाताले कलम चिह्नमा अपार मत हाल्ने विश्वास व्यक्त गरे ।

उनले युक्रेन र रुसको समस्या जटिल भएकाले यसको समाधान बहस र छलफलबाट टुङ्गो लगाउनुपर्ने धारणा राखे । रासस