वीरगञ्ज, २९ चैत । बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सोमबार जीतपुरसिमरा उपमहानगरपालिका-१६ टाँगियाबस्ती बस्ने ३१ वर्षीय सुरेश मगरको मृत्यु भएको हो ।
उनीसहित ४ जना कोल्हबी नगरपालिका-२ स्थित तामागढी साझेदारी वन व्यवस्थापन समूहमा घाँस काट्न गएका थिए । बाघले उनलाई एक्कासी आक्रमण गरेको थियो । बाँकी तीन जना साथीहरूले हो-हल्ला गरी बाघलाई भगाएका थिए । बाघको आक्रमणबाट घाइते मगरलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।










प्रतिक्रिया दिनुहोस्