समाचार

मोटरसाइकल दुर्घटना हुँदा ४ महिने शिशुको मृत्यु



भक्तपुर, २९ चैत । भक्तपुरको नलिञ्चोकमा मोटरसाइकल दुर्घटना हुदा चार महिने शिशुको मृत्यु भएको छ ।

प्रहरीका अनुसार साँगाबाट जगातीतर्फ आउदै गरेको बाग्मती प्रदेश ०२-०२१ प ६७६२ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं. १ का बुद्ध तामाङ र सुस्मिता तामाङकी चार महिनाकी छोरी लोसाङ डोल्माको मृत्यु भएको हो ।

घाइते शिशुलाई सिद्धि स्मृति अस्पताल प्राथमिक उपचार पश्चात थप उपचारको लागि न्युरो अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुर्घटनामा तीनै जना घाइते भएको बुद्ध र सुस्मिता उपचार पछि डिस्चार्ज भइसकेका छन् ।