समाचार

नदीमा डुबेर एकजनाको मृत्यु



डोटी, २९ चैत । सेती नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शिखर नगरपालिका-२ मा प्रसिद्ध धार्मिक स्थल सालमुनीमा पुजा गर्न आएका केआई सिंह गाउँपालिका-६ भिताडिका ६० वर्षीय राम ताम्राकारको नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको हो ।

मंगलबार बिहान १० बजेतिर नुहाउने क्रममा डुबेका ताम्राकार करिब आधा घण्टापछि मृत भेटिएको प्रहरीले जनाएको छ ।