काठमाडौँ, ३० चैत । सरकारले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसीलाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको बताइएको छ । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार बिदा भएका थिए ।
सरकारले वरियताका आधारमा केसीलाई महानिरीक्षक नियुक्त गरेको हो । केसीको कार्यकाल भने २१ दिन मात्र हुनेछ ।










प्रतिक्रिया दिनुहोस्