राजनीति

विप्लव नेतृत्वको नेकपा आयोगमा दर्ता नहुने



काठमाडौँ, ३० चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दर्ता नहुने भएपछि स्वतन्त्र उम्मेदवारी दिने भएको छ ।

संवैधानिक, राजनीतिक र कानुनी सबै दृष्टिकोणले दल दर्ता गर्न नमिलेपछि स्थानीय आवश्यकताका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल हुने बताइएको छ ।

केन्द्रीय सदस्य ओमप्रकाश पुनले भने, ‘दल दर्ता गर्न पार्टीकै नेताहरुले सरकार र आयोगमा बुझ्नुभयो । संवैधानिक, राजनीतिक र कानुनी सबै हिसावले संयूक्त मोर्चा दर्ता गर्न मिल्दै मिलेन, ‘दल दर्ता गर्न नमिलेपछि स्थानीय आवश्यकताका आधारमा एमाले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्छौ । साथीहरुले स्वतन्त्र उम्मेदवारी दिनुहुन्छ ।’