अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३० चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सयले बढेर प्रतितोला १ लाख १ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा १ लाख १ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर १४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।