समाचार

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते



काठमाडौँ, २ वैशाख । काठमाडौँको बेसिगाउँमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ वहने दुई जना घाइते भएका छन् ।

जोरपाटीबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा ३ ख १३१८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०१२ प ५३२६ नम्बरको स्कुटरलाई हिजो मध्याह्न ठक्कर दिएको थियो ।

बसको ठक्करबाट स्कुटरमा सवार ओखलढुङ्गा घर भएका १८ वर्षीय दिपेन दाहालको मृत्यु भएको हो । उनको हिजो दिउँसो पौने ४ बजे उपचारका क्रममा जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको बौद्ध प्रहरीले जनाएको छ । बसको ठक्करबाट स्कुटर चालक र स्कुटरमा पछाडि सवार अर्का एक जना घाइते भएका छन् । उनीहरुको नेपाल मेडिकल कलेज जोरपाटीमै उपचार भइरहेको छ । बस चालक र बसलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।