मोरङ, २ बैशाख । मोरङको रतुवामाई नगरपालिका–४, झुर्कियामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय सिजुवाका अनुसार हिजो बेलुका प्रदेश १–०४–००१ प ७६३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा स्थानीय २२ वर्षीय पंकज यादवको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्