समाचार

आजको मौसम



काठमाडौँ, ३ बैशाख । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकोछ ।

विभागका अनुसार देशका पहाडी भू-भागमा आंशिक  बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज  देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रही  बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आइतबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । सोमबार भने देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।