समाचार

चितुवाको छालासहित तीन जना पक्राउ



काठमाडौँ, ३ बैशाख । दुर्लभ वन्‍यजन्तु चितुवाको छालासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको गुर्जुधाराबाट महानगरी प्रहरी परिसरको टोलीले काठमाडौं ‍गर्जुधारा बस्‍ने २३ वर्षीय अर्जुन थिङ, मकवानपुरको थाहा नगरपालिका-१२ बस्‍ने २४ वर्षीय बालदेन वाइबा र साकेला गाउँपालिका-३ बस्‍ने ४६ वर्षीय दिलबहादुर तामाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट १ मिटर ३० सेन्टिमिटर चितुवाको छाला बरामद गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।