काठमाडौँ, ५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले आफ्नै बुतामा जानुपर्ने बताउनुभएको छ ।
आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नम्बर ४ मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उहाँले सोही अनुसार तयारी थाल्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । कांग्रेसका कोहीपनि चुनावी तालमेलको पक्षमा नरहेको उहाँको उल्लेख गर्दै उहाँले आफू मात्रै होइन विभिन्न जिल्लाका नेता कार्यकर्तासँग कुरा गर्दा कोही पनि कांग्रेस तालमेलको पक्षमा नरहेको जिकीर गर्नुभयो ।
निर्वाचनमा हारजित स्वाभाविक हो भन्दै उहाँले हारे हारौंला त्यही अनुसार अघि बढ्न समेत कार्यकर्तालाई आग्रह गर्नुभएको छ । ५० भन्दा बढी जिल्लाका साथीहरु तालमेलको पक्षमा छैनन् भन्दै थापाले जबर्जस्ती लाद्ने हो भने मतदाताले फरक व्यवहार गर्ने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्