सोलुखुम्बु, ५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव सार्ने चेष्टा नगर्न सरकारलाई चेतावनी दिएका छन् । आज सोलुखुम्बुमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव नसार्न सचेत गराएका हुन् ।
उनले भने, ‘अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दै छ, चुनाव सार्ने षड्यन्त्र भइरहेको छ ।’ ‘मैले यसअघि पनि प्रधानमन्त्रीज्यूलाई भनिसकेको छु, आज पनि भन्छु, चुनाव सार्ने चेष्टा नगर्नुहोस् ।’










प्रतिक्रिया दिनुहोस्