काठमाडौँ, ५ बैशाख । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४० ग्राम सुन, मोबाइल र ल्यापटपसहित एकजनालाई पक्राउ गरेको छ ।
त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट सोमबार कैलारी गाउँपालिका-८ घर भएका भागदेव कठरिया थारुलाई पक्राउ गरेको छ ।
जजिरन एयरको विमानबाट दुबइबाट कुवेत हुँदै काठमाडौँ आएका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट सोमबार पक्राउ गरेको हो ।
प्रहरीले भागदेवले ल्याएको ४० ग्राम सुनको लकेट, एप्पलको म्याक बुक प्रो एमआई १४ तथा आइफोन १३ प्रो म्याक्स र आइफोन ११ प्रो म्याक्स फोन गरी करिब १० लाख ४ हजार ८०० मूल्य बराबरको सामान बरामद गरेको छ ।










प्रतिक्रिया दिनुहोस्