भक्तपुर, ५ बैशाख । केहि समय अघि जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोटबाट एमालेका ३५ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको भनि गरिएको प्रचार दुई हप्ता पनि टिक्न सकेन । माओवादीको वाइसिएलमा प्रवेश गरेको भनिएका अमृत सिलवाल तथा पुजन लामिछानेको नेतृत्वमा २९ जना वाइसिएल युवा नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराएका छन् ।
जिल्लाका वाइसिएलका नेताहरुले ‘महेश बस्नेतलाई लाग्यो झड्काः दर्जनौं युवा एमाले परित्याग गरी वाइसिएलमा प्रवेश’ भनि समाचार लेखाई प्रचार गरेका थिए । तर उक्त प्रचार चर्चाकै लागि मात्र सिमित भएको छ । एक जना वाइसिएलमा प्रवेश गरेका सिलवालले आफ्नै पुरानो घर एमालेमा पुनः आउँदा वाईसिएलका २९ जना कार्यकतालाई एमालेमा प्रवेश गराउनुभयो । सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोटको एमाले वडा कार्यलयमा आयोजित एक कार्यक्रममा नवप्रवेशीलाई नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बचन देउजा, जिल्ला सदस्य तथा सूर्यविनायक नगरपालिकाका दावेदार मेयर किरण थापा, जुना बस्नेत, सरिता तिम्सिना, हिरामाया शेर्पालगायतले एमालेमा स्वागत गर्नुभएको थियो ।
नवप्रवेशीहरुमा अमृत सिलवाल, रोशन सिलवाल, सम्झना भण्डारी, दुर्गा खड्का, सरिता सिलवाल, विक्रम खड्का, निरज थापा, सुदेश श्रेष्ठ, सुदिप केसी, लविस श्रेष्ठ, शुसिल खनाल, विनित केसी, सुयक केसी, धिरेन्द्र रवल, सुगम रानाभाट, अनुराग यादव, निगय फुयाल, अभिषेक लामिछाने, कासिक केसी, दिनेश तामाङ, शुशान श्रेष्ठ, बसन्त खड्का, सुदिप खत्री, अर्पण भण्डारी, अभिषेक खड्का, निरञ्जन लुइटेल, प्रिन्स भण्डारी तथा रेजन भण्डारीले एमालेमा प्रवेश गरेका छन् ।
नवप्रवेशी अमृत सिलवालले आफुले अञ्जानमा नै माओवादी प्रवेश गरेको उल्लेख गर्दै आफ्नो बाल्यकालदेखीको मार्गदर्शक पार्टी एमाले नै भएकाले भुलबस माओवादीमा प्रवेश गरको भन्दै आत्मालोचना गर्नुभयो । एमाले पार्टी र आफु बाबु छोरा जस्तै भएको उल्लेख गर्दै उहांले मुलुकको उज्यालो प्रकाश र किरण भनेको नै एमाले भएको दावी गर्नुभयो । सूर्यविनायक नगरपालिकाका एमालेको तर्फबाट दावेदार मेयरका उम्मेदवार किरण थापा आफु र युवाहरुको अभिभावक भएको उल्लेख गर्दै उहाँले नगरपालिकामा एमालेलाई जिताउन जस्तोसुकै परिस्थितीको पनि सामना गरेर अगाडी बढ्न तयार रहेको उद्घोष गर्नुभयो । त्यस्तै जिल्लालाई एमालेको लालकिल्ला बनाउने एमालेमा नै रहेर अहोरात्र खट्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्नै अध्यक्ष देउवाले मुलुकको एकमात्र ठूलो, गतिशिल, युवाहरुको भरपर्दो पार्टी एमालेमात्र भएको उल्लेख गर्दै एमालेमा प्रवेश गर्ने नवप्रवेशीलाई पार्टीले उचित जिम्मेवारी दिई मुलुकको विकास र समृद्धिमा जोड्ने बताउनुभयो । कतिपय अवस्थामा पार्टीले कार्यकर्ताको चाहना अनुसारको जिम्मेवारी दिन नसके पनि ‘२० को १९’ आसपासको जिम्मेवारी भने दिनेमा विश्वस्त तुल्याउनुभयो ।










प्रतिक्रिया दिनुहोस्