समाचार

आजको मौसम



काठमाडौँ, ९ बैशाख । हाल नेपालमा भारतको उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय रेखाको प्रभाव रहनुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशका केही भू–भागमा आज पानी पर्ने भएको छ । गण्डकी, वाग्मती र प्रदेश १ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहने छ । त्यस्तै आज राति प्रदेश १ र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ । पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।