समाचार

रेडपाण्डाको छालासहित दुई जना पक्राउ



काठमाडौँ, १० बैशाख । काठमाडौँको एक होटेलबाट रेडपाण्डाको छाला जस्तो देखिने वस्तुसहित दुई जना जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–१ महेन्द्रशालिकस्थित होटेल मिर्चीबाट १ थान छालासहित दोलखा मेलुङ गाउँपालिका–४ भेड्पु घर भएका २९ वर्षीय तुलसाङ दोर्जे गोले र काभ्रे पाँचखाल नगरपालिका–२ घर भएका ३८ वर्षीय रामकुमार श्रेष्ठ बिहीबार पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।