Banner News

महानगर र उपमहानगरमा एमालेको टुंगो लाग्यो मेयर उपमेयरका उम्मेदवार



काठमाडौँ, १० बैशाख । नेकपा एमालेले महानगर र उपमहानगरका मेयर उपमेयर टुंगो लगाएको छ । आज बसेको एमाले सचिवालय बैठकले महानगर र उपमहानगरका मेयर उपमेयर टुंगो लगाएको हो ।

महानगरमा:

काठमाडौँ- प्रमुख : केशव स्थापित
उपप्रमुख: सुनिता डंगोल

ललितपुर- प्रमुख: हरिकृष्ण व्यञ्जनकार
उपप्रमुख : मञ्जली शाक्य बज्राचार्य

पोखरा – प्रमुख: दीपक पौडेल र
उप प्रमुख:  मञ्जु देवी गुरुङ

भरतपुर- प्रमुख:  विजय सुवेदी
उपप्रमुख: बाँकी

वीरगञ्ज- प्रमुख: विजय सरावगी
उपप्रमुख: बाँकी (तालमेल हुने)

विराटनगर- प्रमुख: बाँकी
उपप्रमुख:  बाँकी

उपमहानगरमा:

तुलसीपुरमा टीकाराम खड्का र स्यानी चौधरी,

घोराहीमा नरुलाल चौधरी र मनकुमारी केसी,

बुटबलमा बाबुराम भट्टराई र सावित्रादेवी अर्याल,

 हेटौंडामा अनन्त पौडेल र सुमित्रा काफ्ले,

धरानमा मन्जु भण्डारी र पदम लिम्बु,

इटहरीमा यमकुमार सुव्वा र संगिता चौधरी,

जीतपुर सिमरा र जनकपुर उपमहानगर बाँकी रहेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।