राजनीति

पूर्वराज्यमन्त्री झाको निधन



काठमाडौँ, ११ बैशाख । पूर्वराज्यमन्त्री एवं लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ ।

झाको उपचारका क्रममा आइतबार राति काठमाडौँमा निधन भएको लोसपाका नेता सुरेन्द्रकुमार झाले जानकारी दिनुभयो । डिम्पल पछिल्लो दुई वर्षयता क्यान्सरसँग जुधिरहनु भएको थियो । पूर्वसंविधानसभा सदस्यसमेत रहनुभएको उहा मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बन्नूभएको थियो । डिम्पल  लोसपाका नेता अनिल झाकी पत्नीसमेत हुनुहुन्थयो ।

नेता सुरेन्द्रले भन्नुभयो, ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेशका माननीय, पूर्वमन्त्री, संविधानसभा सदस्य तथा पार्टीका नेता अनिलकुमार झाजीका धर्मपत्नी डिम्पल झाजीको दुःखद देहान्तको खबरले मर्माहत भएको छु । ‘