समाचार

काठमाडौँ उपत्यकामा थप ७ जनामा कोरोना पुष्टि



काठमाडौँ, १३ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ४ जना, भक्तपुरमा १ ललितपुर २ जना संक्रमित थपिएका छन् । हाल काठमाडौँ उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या ७५ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै, देशभर २६० जना होम आइसोलेसनमा, एक जना संस्थागत आइसोलेसनमा र १०६ जना क्वारेन्टिनमा रहेका छन् ।