Banner News

उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार नाघ्यो



काठमाडौँ, १३ बैशाख । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार जना नाघेको छ ।

निर्वाचन आयोगका अनुसार प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदमा गरी मंगलबार सवा ३ बजेसम्म १ लाख ४७ हजार २७४ जनाको उम्मेदवारी परेको हो ।