एजेन्सी, १८ बैशाख । भारतमा पछिल्लो २४ घण्टामा थप ३,३२४ जनामा कोरोना पुष्टि भएको छ भने ४० जनाको मृत्यु भएको छ ।
यो अवधिमा २,७८३ को जना निको भएका छन् । चौथो लहरको आशंका बीच सबैभन्दा धेरै संक्रमित दिल्लीमा भेटिएका छन् । यहाँ १५२० नयाँ संक्रमित भेटिएका छन् ।
नयाँ संक्रमित भेटिएपछि दिल्लीमा पोजिटिभिटी रेट ५.१० प्रतिशत दर्ता गरिएको छ । दिल्लीमा सक्रिय संक्रमितको संख्या बढेर ५,७१६ पुगेको छ जुन ९ फेब्रुअरीपछि सबैभन्दा धेरै हो ।










प्रतिक्रिया दिनुहोस्