राजनीति

शेखर कोइरालाद्वारा आईजीपी नियुक्तिको विरोध



काठमाडौँ, १८ बैशाख । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रहरी महानिरीक्षक नियुक्तिको विरोध गरेका छन् ।

वरियता र प्रक्रिय मिचेर आईजीपी नियुक्त गरिएको भन्दै उनले भनेका छन्, ‘सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एक पटक विवादमा ल्याएको छ । वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले बिधिको शासनको खिल्ली उडाउँने काम गरेको छ ।’

सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक बिवादमा ल्याएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले   प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्ति गरेको थियो ।