राजनीति

आयोगद्वारा स्थापितको उम्मेदवारी रद्दको माग गर्ने ४५ संस्थासँग स्पष्टीकरण माग



काठमाडौँ, १९ बैशाख । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई कारबाहीको माग गर्ने ४५ संस्थालाई जवाफ माग गरेको छ ।

स्थापितलाई कारबाहीको माग गर्दा व्यक्त गरिएको शब्द निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै आयोगले ती संस्थाहरुसँग जवाफ मागेको हो ।

आयोगले लिखित जवाफ माग गरेका ४५ संस्थामा महिला पुर्नस्थापना केन्द्र (ओरेक) लगायतका संघसंस्थाहरु छन् । केही दिनअघि एउटा कलेजमा भएको कार्यक्रममा स्थापितले महिलाप्रति निकृष्ट शब्द प्रयोग गरेको भन्दै ४५ वटा संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति निकालेर उम्मेदवारी रद्ध गर्न माग गरेका थिए ।