समाचार

एकै दिन झुण्डिएर तीन जनाको मृत्यु



कैलाली, २१ बैशाख । कैलालीमा झुण्डिएर एकैदिन तीनजनाले आत्महत्या गरेका छन् ।

मंगलबार भजनी नगरपालिका र धनगढी उप महानगरपालिकामा ३ जना झुण्डिएको अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका–१ गौनिया बस्ने करिब ४ वर्षीया आशा देवी चौधरी स्थानिय पशुपति सामुदायिक बनमा रुइनाको रुपमा दोपट्टाको पासो लगाएर झुण्डिएकी छिन् । उनको शव पोष्टमार्टमका लागी टिकापुर अस्पतालमा राखिएको छ ।

भजनी नगरपालिका–८ मोहनापुर बस्ने ७५ वर्षीया काली चौधरी थरुनीले आफ्नै घरमा प्लास्टिकको डोरीमा पासो लागेर आत्महत्या गरेकी छिन् । उनको शव पनि टिकापुर अस्पतालमा राखिएको छ । त्यस्तै धनगढी उपमहानगरपालिका–७ देवरीया बस्ने नम्रता चौधरीले पनि पङ्खाको सिलीङमा दोपट्टाले पासो लगाएर आत्महत्या गरेकी छिन् । १६ वर्षीया नम्रताको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।