काठमाडौँ, २१ वैशाख । ‘म्यादी हुँ’ भन्दै टिकटकमा भाइरल बनेका किशोर पक्राउ परेका छन् ।
कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले म्यादी पोशाक दुरूपयोग गरेको भन्दै बाणगंगा नगरपालिका-१ पिपरा बस्ने १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो
पक्राउ परेका किशोर म्यादी प्रहरी होइनन् । तर उनका फूपूका छोरा, दाई नाता पर्ने १९ वर्षीय पूरण भट्टराई म्यादी हुन् । भट्टराई नभएको बेलामा ती किशोरले पोशाक लगाएर दुरूपयोग गरेको प्रहरी बताएको छ ।
म्यादी प्रहरीको पोशाक दुरूपयोग गरेको भन्दै दुबै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । बुधबार उनीहरूमाथि अनुसन्धान गर्न म्याद थप्न जिल्ला प्रशासन कार्यालय लगेको छ ।
केही दिन अघि उनले पोशाक लगाएर सेल्फी भिडिओ खिचेर सामाजिक सञ्जालमा राखेका थिए । उनले भनेका छन्, ‘सागर बसन्ते किस्नेहरू अब नडरा! किन डराछस्। अब तेरो दाई मिदी भइसक्या छ नी त ।’










प्रतिक्रिया दिनुहोस्