समाचार

काठमाडौँ उपत्यकामा थप १२ जनामा कोरोना पुष्टि



काठमाडौँ, २१ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १२ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १० जना, ललितपुर २ जना र आज भक्तपुरमा भने थपिएको छैन । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १९ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै, देशभर २१६ जना होम आइसोलेसनमा र १ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।