सप्तरी, २२ बैशाख । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बिरपुरमा बुधबार बेलुकी मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार अन्दाजी ३५ वर्षीय युवकको मृत्यु भएको हो भने मृतकको सनाखत हुन बाँकी रहेको छ । तिलाठीबाट राजविराजतर्फ जाँदै गरेको को १७ प ८५६५ नम्बरको मोटरसाइकलले बिपरित दिशाबाट आउँदै गरेको साइकललाई हिजो बेलुकी ८ दिदा घाइते भएका उनको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकल चालक स्थानीय १८ वर्षीय ईन्द्रजीत यादवको सोही अस्पतालमा उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्