समाचार

१५ वर्षीया किशोरी बलात्कृत



कैलाली, २२ बैशाख । कैलालीमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

प्रहरीका अनुसार १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा टिकापुर नगरपालिका–१ नयाँ बस्ती बस्ने ३० वर्षीय दिपेन्द्र साउदलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

साउदले ती किशोरीलाई गत सोमबार बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।