काठमाडौँ, २२ बैशाख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरु चुनाव प्रचारमा हिँड्नु आचारसंहिताको ठाडो उल्लंघन भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत पोखरेलले भनेका छन्, ‘प्रधानमन्त्री र मन्त्रीहरु चुनाव प्रचारमा हिड्नु आचार संहिताको ठाडो उलंघन हो । यतिवेला सत्तापक्षलाई हाम्रो सुझावको संझना हुदै होला ।’
प्रधानमन्त्री शेरबहादुर देउवा आचारसंहिता विपरीत चुनावी अभियानका लागि चितवनमा छन् । मन्त्रीहरुले आचारसंहिताको उल्लंघन गरि चुनावी प्रचारप्रसारमा छन् ।










प्रतिक्रिया दिनुहोस्