टोकियो, २२ बैशाख । जापानको राष्ट्रिय जनसङ्ख्या २०२१ मा मात्र ६ लाख ४४ हजारले घटेको नयाँ तथ्यांकले देखाएको छ । राजधानी टोकियोमा समेत २६ वर्षमा पहिलोपटक जनसङ्ख्यामा गिरावट आएको छ । यसले विश्वकै ठूलो अर्थतन्त्रको भविष्य गम्भीर खतरामा पारिदिएको छ ।
जापानमा विशेषगरी युवा वर्गको जनसङ्ख्या सबैभन्दा नराम्ररी प्रभावित हुँदै आएको पाइन्छ । सरकारले प्रजनन दर बढाउन लगातार प्रयास गरिरहँदा समेत १४ वर्ष भन्दा कम उमेरका बालबालिकाको सङ्ख्या ६ प्रतिशतले घटेको छ ।










प्रतिक्रिया दिनुहोस्