समाचार

पर्सामा गाेली चल्याे



पर्सा, २३ बैशाख । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ औराहामा बिहीबार राति गोली चलेको छ ।

राति करिब साढे ९ बजेतिर २ राउण्ड गोली चलेको आवाज सुनेको स्थानीयको सूचनापछि प्रहरी औराहामा पुगेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार स्थानीय मंगल बहादुर ब्लोनको घरको धानको भकारीमा गोलीको अगाडिको भागले लागेको देखिएको छ ।

घटनास्थलमा गोली जस्तै फलामको टुक्रा बरामद भएको छ । गोली कसले र किन चलायो भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।