पाल्पा, २३ बैशाख । पाल्पामा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रैनादेवी छहरा गाउँपालिका वडा नं. ४ का ७९ वर्षीय मानबहादुर सोमैको घरमा आगो लागी हुदा मृत्यु भएको हो ।
सोमै घरमा एक्लै बस्दै आएका थिए । उनको घरमा गएराति करिब एक बजेतिर आगो लागेको थियो । आगोले घर पूरै जलेर नष्ट भएको छ । आगलागीको कारण खुलेको छैन । क्षतिको पूरा विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्