समाचार

दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने बेहुला पक्राउ



झापा, २४ बैशाख । दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने बेहुलालाई प्रहरीले झापाबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार झापा मेचिनगर नगरपालिका १५ बस्ने पुष्पलाल राजबंशीको छोरीको विवाहमा बेहुला डेविट चौधरीले दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गरेपछि शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

बेहुलीका बुवा राजबंशीले बेहुलालाई विपक्षी बनाई विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसुरमा जाहेरी दिएकपछि चौधरीलाई नियन्त्रणमा लिइएको झापा प्रहरीले जनाएको छ ।