राजनीति

गाउँपालिका अध्यक्षको निधन



जनकपुरधाम, २५ बैशाख । धनुषाको जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको निधन भएको छ ।

गाउँपालिकाका निवर्तमान उपाध्यक्ष भारती कार्कीका अनुसार अध्यक्ष शेखको शनिबार साँझ ७० वर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो ।

फोक्सोमा क्यान्सर भएर चार वर्षदेखि उपचार गराइरहेका उनलाई दुई महिनादेखि पित्तथैलीमा पत्थरी समेत भएको थियो । तर सुगर हाई भएकाले शल्यकृया हुन नसकेको कार्कीले बताइन् । शेख नेपाली कांग्रेसबाट २०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । अहिलेको स्थानीय तह निर्वाचनमा अन्य जनप्रतिनिधिले पुनः चुनाव लड्न राजीनामा दिए पनि उनले राजीनामा दिएका थिएनन् ।