काठमाडौँ, २५ बैशाख । माैसमविद्हरूले पालिका चुनावकाे दिन वैशाख ३० गते देशभर पानी पर्ने प्रक्षेपण गर्दै आवश्यक पूर्वतयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् ।
बङ्गलाकाे खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आज समुद्री आँधीका रूपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्वतयारी गर्न माैसमविद्हरूले सुझाएका हुन् ।
वैशाख ३० गते पालिका चुनावकाे दिन पानी पर्ने पूर्वननुमान गरिएकै समयमा बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्