काठमाडौँ, २६ बैशाख । रुकुम पश्चिमका विभिन्न स्थानमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि दुई पार्टीले संयुक्त रूपमा विज्ञप्ति निकाल्दै संयमता अपनाउन अपिल गरेको छ ।
नेकपा माओवादी केन्द्र, रुकुम पश्चिमका संयोजक गोविन्द रोका र नेपाली काँग्रेसका जिल्ला सभापतिले जारी गरेको संयुक्त अपिलमा भनिएको छ, ‘केन्द्रीय सत्ता गठबन्धनको उद्देश्य र मर्ममाथि नै प्रहार हुने गरी भइरहेका यस्ता अवाञ्छित क्रियाकलापहरूबाट शान्तिपूर्ण र स्वच्छ निर्वाचनको वातावरण निर्माणमा नकारात्मक असर पर्ने देखिएले निर्वाचन प्रचार प्रसारको सिलसिलामा एक अर्काप्रति उत्तेजक अभिव्यक्ति नदिन, संयमित रूपमा प्रस्तुत हुन, मानिसहरूको भिडभाड नगराउन, युनिफर्म जस्तो देखिने पोसाक प्रयोग नगर्न, वडाभित्र अन्य वडाको व्यक्तिहरू भेला नगराउन, निर्वाचन आचार संहिताको पूर्ण रूपमा पालना गर्न र हाल भइरहेका झडपजन्य गतिविधिहरू तत्काल रोकी जिल्लाभर मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धाको वातावरण सृजना गर्न आ–आफ्नो पार्टी पङ्क्तिलाई निर्देशन गर्ने सहमति भएको छ ।’










प्रतिक्रिया दिनुहोस्