विश्व

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा



एजेन्सी, २६ बैशाख । श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् ।

रिपोर्टका अनुसार उनले राष्ट्रपति गोताबाया राजापाक्षेलाई राजीनामा बुझाएका छन् । देशमा अभूतपूर्व आर्थिक संकटको विरोधमा प्रदर्शन गरिरहेका मानिसहरूले राष्ट्रपति गोटाबाया राजापाक्षे र उनको मन्त्रीमण्डललाई राजीनामा दिन दबाब दिइरहेका छन् ।

हाल श्रीलङ्का सरकारले देशमा आपत्काल लागू गरेको छ । राष्ट्रपति भवनमा गोताबाया राजापाक्षेको नेतृत्वमा बैठक भएको र बैठकमा सहभागी महिन्दा राजापाक्षेलाई राजीनामा दिन आग्रह गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जसलाई उनले स्वीकार गरेका छन् ।