काठमाडौं, २६ वैशाख । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनमा एमालेले देशभर ६० प्रतिशत भन्दा बढी पालिकामा जित हासिल गर्ने बताएका छन् ।
आज काठमाडौंको टोखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले देशभरको लहर हेर्दा ६० प्रतिशत भन्दा बढी स्थानमा जित्ने बताएका हुन् ।
पाँचदलीय गठबन्धन राजनीतिक स्थायीत्वको विरुद्धमा तथा राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताको विरुद्धमा रहेको पोखरेलको भनाइ छ । आफ्नो उम्मेदवार नजित्ने क्षेत्रमा बजेट नदिने प्रधानमन्त्री पत्नी आरजु देउवाको अभिव्यक्तिप्रति बिमति जनाउँदै पोखरेलले सरकारी बजेट कसैको व्यक्तिको घरको सम्पत्ति नभएको बताए । ‘सरकारी ‘बजेट तिनको घरको सम्पत्ति होइन्, विकास निमार्णका लागि बजेट पाउने सबैको अधिकार छ’- उनले भने ।










प्रतिक्रिया दिनुहोस्