राजनीति

गोरखामा एमालेका कार्यकर्तामाथि काँग्रेसका कार्यकर्ताद्वारा आक्रमण



गोरखा, २७ बैशाख । आरुघाट गाउँपालिका १ मान्बुमा काँग्रेस कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरेका छन् ।

सोमबार राति चुनावी प्रचारप्रसारबाट फर्किँदै गर्दा श्यामचेतमा काँग्रेस टोलीले छेकेर करिब पौने आठ बजे श्यामचेत पुग्दा आक्रमण गरेको दाबी गरिएको छ । आक्रमणबाट एमालेका गोपाल लामा, बिक्रम लामा, बिर्खे लामा र राजुबहादुर लामा गम्भीर घाइते भएका छन् । पसलमा खाजा खान लाग्दा काँग्रेसका कार्यकर्ता आएर एक्कासी कुटपिट गरे एमाले कार्यकर्ताको आरोप छ ।

कुटपिटबाट घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भिर छ । काँग्रेसबाट वडाध्यक्षको उमेदवार गजे घले (सूर्य) को नेतृत्वको टोलीले आक्रमण गरेको दाबी गरिएको  छ ।