काठमाडौँ, २७ बैशाख । काठमाडौँ महानगरपालिकालाई सुन्दर, सभ्य र भव्य बनाउन पुरातत्विक सम्पदा बाहेक धेरै संरचना भत्काउनु पर्ने हुन्छ । अबको नेतृत्व शालीन मात्र भएर हुन्न, भत्काउन र स्रोत जुटाई बनाउन सक्ने पनि हुनु पर्दछ । महानगरमा बाटो, ढल र बिजुली त भैसक्यो । अब घरका मुहार तोडी एकरुपता ल्याउन सक्ने र शहरलाई सफा, सुन्दर र हरियाली बनाउन सक्ने जबरजस्त नेतृत्वको खाँचो छ ।
भृकुटीमण्डपको पुनर्निर्माण गरी अन्तराष्टिय स्तरको प्रदर्शनी स्थल, बाल बाटिकाका साथै अहिले पसल गरिहेका साना उद्धमीहरुलाई सुलभ दरमा गरिखान दिन सक्ने समाजबादी नेतृत्व चाहिएको छ । साथै हामीलाई महानगरमा १० वटा साना घर भत्काएर एउटा तल कमर्सियल माथि आवासिय टावर बनाई ३० परिवारलाई आवास र ९० जनालाई रोजगारी दिन सक्ने नेतृत्व चाहिएको छ । यि सब काम सम्पन्न गर्न ईमान्दारिता नभै पनि हुन्दैन तर ईमान्दारिताको उत्पादकत्व भने शुन्य हुन्छ ।
ईमान्दारिताका साथमा सृजनशीलता, विद्धता, तत्परता, लगनशीलता र ईच्चाशक्तिको जरुरत पर्दछ । मेरो बिचारमा सबै उमेदवार अब्बल भए पनि माथिका चुनौतिको सामना गर्न केशव स्थापितको टिम नै उपयुक्त हुन्छ । ब्यक्ति र पार्टी भन्दा पनि ब्यबस्था सफल भए मात्र राष्ट्र सफल हुन्छ । हरेक पदमा सही ब्यक्तिको छनौट गर्न सके मात्र देश र जनताको जीत सुनिश्चित हुन्छ । यसका लागि अहिले उपयुक्त समय हो ।










प्रतिक्रिया दिनुहोस्