Banner News

प्रधानमन्त्री देउवा मतदान गरेर मात्र काठमाडौँ फर्किने



काठमाडौँ, २७ बैशाख । प्रधानमन्त्री शेरबहादुर देउवा यही वैशाख ३० गते मात्र काठमाडौँ फर्कने भएका छन् ।

चुनावी अभियानका क्रममा देश दौडाहमा रहेका देउवा अहिले गृहजिल्ला डडेलधुरामा छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले आज गृहजिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । उनले आज बिहान १० बजे र दिउँसो २ बजे गरेर दुईवटा सभालाई सम्बोधन गर्नेछन् ।

देउवाले आज  अमरगढी नगरपालिका र भित्री मधेसमा पर्ने परशुराम नगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेका नेपाली काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले बताए ।