काठमाडौँ, २ जेठ । काठमाडौँको दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेसले जितेको छ ।
कांग्रेसका उम्मेदवार मोहन बस्नेतले मेयर जितेको निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिनुभयो । निर्वाचन अधिकृत कार्यालयले औपचारिक घोषणा भने गरिसकेको छैन । बस्नेतले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई पराजित गर्नुभएको हो । बस्नेत ०७४ मा पनि कांग्रेसबाट मेयर निर्वाचित हुनुभएको थियो ।
उपमेयरमा पनि कांग्रेसकी बसन्ती तामाङ विजयी हुनुभएको छ । उहाँले एमालेकी इन्दिरा न्यौपानेलाई पराजित गर्नुभयो । वडा नम्बर १ मा एमालेका जय थापा मगरले जित हासिल गर्नुभयो । वडा नम्बर २ मा कांग्रेसका रामचन्द्र क्षेत्री, वडा नम्बर ३ मा एमालेका प्रचण्डमान सिंह बस्नेत, वडा नम्बर ४ मा कांग्रेसका पुष्कर खड्का, वडा नम्बर ५ का श्यामबहादुर खत्री, वडा नम्बर ६ मा पनि कांग्रेसका शैलेश मानन्धर, वडा नम्बर ७ मा एमालेका हरिप्रसाद तिमल्सेना, वडा ८ मा कांग्रेसका योसकुमार वाइबा र वडा नम्बर ९ मा अमृका बलामी विजयी हुनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्