राजनीति

भरतपुरमा एमालेले भत्कायो कांग्रेसको गढ: रेणुलाई झट्का



चितवन, २ जेठ । नेपाली कांग्रेसको गढ भनेर चिनिने भरतपुर महानगरपालिकाको वडा नम्बर(३ मा नेकपा एमालेले वडाध्यक्ष जितेको छ ।

यो वडामा गठबन्धनबाट कांग्रेसका उम्मेदवार भरतप्रसाद लामिछानेलाई हराउँदै एमालेका विकास थापा वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । थापाले लामिछानेलाई ६ सय बढी मतअन्तरले हराउनुभयो । यो वडामा मेयर पदका कांग्रेसका बागी जगन्नाथ पौडेलले ६४८ भोट ल्याउनुभयो । यो यहाँ खसेको कुल मतको २० प्रतिशत हो ।

यो वडाको मत गनेर सकिँदासम्म भरतपुर मेयरका उम्मेदवार विजय सुवेदीले ३ हजार ९४४ र रेणु दहालले ३ हजार ८९४ र जगन्नाथ पौडेलले १ हजार ५७२ मत ल्याउनुभएको छ ।