ललितपुर, २ जेठ । ललितपुरको कोन्ज्योसोम गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएसँगै एमालेले काठमाडौँ उपत्यकामा खाता खोलेको छ ।
एमालेका उम्मेदवार कृष्णमान लामाले सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गरी निर्वाचित हुनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का गोपिलाल सिंतानलाई पराजित गर्नुभएको हो । सिंतान २०७४ सालमा अध्यक्ष निर्वाचित हुनुभएको थियो । लामाले ३१०४ मत पाएर विजयी हुनुभयो भने सिंतानले २५०९ मत ल्याएर पराजित हुनुभयो ।
यस्तै उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका राजनप्रसाद घिमिरेले जित्नुभएको छ । उहाँले एमालेकी रनिता तामाङलाई हराउनुभयो । घिमिरेले ३२२७ मत पाउनुभयो भने तामाङले २०४८ मत पाउनुभयो ।










प्रतिक्रिया दिनुहोस्